काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबिच झडप भएको छ ।
तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो।
राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि राजावादी समूह र प्रहरीबिच झडप भएको हो। प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।
प्रहरीले राजावादी समूहको प्रदर्शनका लागि तीनकुनेमा तोकेको छ ।
प्रकाशित: १५ चैत्र २०८१ १२:४३ शुक्रबार