१६ चैत्र २०८१ शनिबार
image/svg+xml १८:३४ अपराह्न
समाज

पाथीभरा क्षेत्रमा मुक्कुमलुङ र नौतले भर्‍याङ हटाउन तीन दिनको अल्टिमेटम

पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा डाँडामा अनधिकृत रूपमा स्थापना गरिएको मुक्कुमलुङ (ढुङ्गा) र यग्राङसिं (फलामको नौतले भर्‍याङ) हटाउन सम्बन्धित पक्षलाई तीन दिनको समयसीमा दिएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा समितिले आफैं हटाउने चेतावनी दिएका छन्।

समितिका अनुसार चैत ६ गते राति बिना अनुमति उक्त ढुङ्गा र फलामको भर्‍याङ त्यहाँ राखिएको थियो। समितिले कुनै पनि संरचना निर्माण वा स्थापना गर्नुअघि आफ्नो स्वीकृति अनिवार्य रहेको भन्दै पाटी, पौवा, टहरालगायतका संरचना तत्काल हटाउन निर्देशन दिएको छ। मानव निर्मित संरचना हटाउने क्रम चलिरहेका बेला यस्ता संरचना थपिनु उचित नभएको समितिको ठहर छ।

पाथीभरा क्षेत्रमा स्वीकृतिबिना गरिने कुनै पनि गतिविधि मान्य नहुने स्पष्ट पार्दै समितिले मुख्य प्रवेशद्वारभित्र कुनै पनि मानव निर्मित संरचना नबनाउने र वृक्षरोपणमार्फत प्राकृतिक सुन्दरता जोगाउने योजना रहेको जनाएको छ। साथै, उक्त क्षेत्रमा व्यक्ति, समूह, संस्था वा सरकारी/गैरसरकारी निकायबाट निर्माण भएका संरचना हटाउन वा व्यवस्थापनका लागि १५ दिनभित्र समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रकाशित: ८ चैत्र २०८१ १७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App