१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml १९:१३ अपराह्न
समाज

ताप्लेजुङको फुलवारी चोकपुरमा आगलागी, करिब २ लाखको क्षति

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं. २ फुलवारी चोकपुरमा बस्ने अमर सेन्दाङको घरमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलका अनुसार सेन्दाङको घरमा विगत तीन वर्षदेखि फुलवारीकै लालबहादुर कालिकोटे बस्दै आएका थिए। घरमा कोही नभएको अवस्थामा आरनबाट आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उक्त ढुङ्गा, माटो र खरको छानो भएको एकतले कच्ची घरमा आगलागी भएको हो। स्थानीय जनप्रतिनिधि, बासिन्दा र प्रहरीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ८ चैत्र २०८१ १४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App