ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ‘एकघर,एकधारा’अभियान सञ्चालनमा ल्याइएको छ। पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यक्रम अन्तरगत ‘एकघर,एकधारा’अभियान सुरु गरिएको हो।
मैवाखाला गाउँपालिका र गोरखा वेलफेयर ट्रस्ट(जिडब्लुटी)को संयुक्त साझेदारीमा पालिकामा उक्त अभियान सुरु भएको पालिका अध्यक्ष वनेमले जानकारी दिए ।
पालिकाको वडा नं ६ फाकुम्बास्थित आरुबोटे खानेपानी आयोजनाको प्रगतिबारे पालिका अध्यक्ष वनेम,वडाध्यक्ष राजुमान लिम्बू सहितका पदाधिकारीले अनुगमन समेत गरेका छन् । आरुबोटे खानेपानी आयोजनाबाट स्थानीय ४७ घरधुरी,एक सामुदायिक विद्यालय र एक गुम्बा सहित ४९ वटा धारामार्फत खानेपानी वितरण हुने पालिकाले जनाएको छ।
प्रकाशित: २९ फाल्गुन २०८१ १५:४० बिहीबार