१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

पूर्वराजा शाहको स्वागतमा योगी आदित्यनाथको तस्बिर !

पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर अनौठो दृश्य देखियो।

पूर्वराजाको पक्षमा अभियान चलाउँदै आएका समर्थकहरूले उनको तस्बिरसँगै भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको ठूलो तस्बिरसमेत बोकेका थिए।

पूर्वराजाको आगमनका क्रममा समर्थकहरू राष्ट्रिय झन्डा, ब्यानर र नारा सहित उपस्थित भए। तर, भारतका एक मुख्यमन्त्रीको तस्बिरसहित प्रदर्शन गर्नुको कारणबारे विभिन्न प्रश्न उठेका छन्।

सामाजिक सञ्जालमा यस विषयमा मिश्रित प्रतिक्रिया आएका छन्। कतिपयले नेपाली राजसंस्थाको पुनर्स्थापनासँग भारतीय नेताको सम्बन्ध किन जोडिएको भनेर आलोचना गरेका छन् भने केहीले हिन्दु राष्ट्रवादको अन्तर्राष्ट्रिय ऐक्यबद्धतासँग जोडेर हेरेका छन्।

उक्त तस्बिर मुनि ‘राजसंस्था पुनर्स्थापना गरौँ’ भन्ने नारा लेखिएको छ। जसमा हिन्दुवादी अभियन्ता प्रदीपविक्रम राणाको नाम उल्लेख गरिएको छ। केही समयअघि पूर्वराजा शाहले योगी आदित्यनाथलाई लखनऊमा भेटेका थिए। जस कारण यो थप चर्चाको विषय बनाएको छ।

चार्टर्ड उडानमार्फत आइतबार अपराह्न काठमाडौं आएका पूर्वराजा शाहलाई स्वागत गर्न राप्रपा नेपालका नेता कमल थापासहितका नेताहरू विमानस्थल पुगेका थिए।

प्रकाशित: २५ फाल्गुन २०८१ १७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App