२० चैत्र २०८१ बुधबार
image/svg+xml १५:१९ अपराह्न
समाज

स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित ४ जना पक्राउ

कपिलवस्तुको बाणगंगा नगरपालिक–४ जितपुरस्थित रहेको के.सी. फेन्सी पसलबाट स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। सुराकीका आधारमा प्रहरीले छापा मारेर नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित ४ जनालाई पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले बिहीवार दिउँसो सो फेन्सीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। भुइँतलामा रहेको कपडाको गोदाममा बसिरहेको अवस्था प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ बस्ने ३० वर्षीय गोविन्द विकलाई नियन्त्रणमा समेत लिएको छ। उनको साथबाट पाँच सय दरका १ हजार ८०० थान भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ। 

यसैगरी मायादेवी गाउँपालिका ८ बस्ने ३८ वर्षीय सोमनाथ कसौधनको साथबाट एक हजार दरका १ हजार २९४ थान र पाँच सय दरका ३१२ थान नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूसँगै रहेका रूपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बस्ने ४१ वर्षीय बसन्त खरेल र कपिलवस्तु नगरपालिका–११ बस्ने ४२ वर्षीय शेषनारायण गिरीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबलाई भारतीय र नेपाली रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: २३ फाल्गुन २०८१ १५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App