१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

तुम्बेवा महोत्सवमा काग सम्मेलन

पाँचथरको तुम्बेवा गाउँपालिकालाई चिनाउन आयोजना गर्न लागिएको पहिलो ऐतिहासिक तुम्बेवा महोत्सवको अवसरमा काग सम्मेलन हुने भएको छ। २७ फागुनदेखि हुन लागेको महोत्सवमा २९ गतेको कार्यक्रममा काम सम्मेलनलाई समावेश गरिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।

कलाकार रमेश दुलालले गर्न लागेको सम्मेलनमा कागको भेला गरिन्छ । कलाकार दुलालले विगत २० वर्षदेखि काग सम्मेलन गर्दै आएका छन । उनको कला पाँचथरमा पहिलो पटक तुम्बेवामा प्रस्तुत हुन लागेको हो । उनले कार्यक्रम आयोजना स्थलमा काग भेला गरेर सम्मेलन गर्ने तयारी छ । 

बिभिन्न चराचुरुङ्गी, जनवार र बाध्यवादनको आवाज प्रस्तुत गर्न सक्ने कलाकार दुलालले कला मार्फत समाजसेवालाई समेत अगाडि बढाईरहेका छन । कोरोना अवधीमा इलाममा त्यस्तो सम्मेलन आयोजना भएको थियो । 
कलाकार दुलालले कागलाई बोलाउने मात्रै नभएर आफ्नै आवाजमा मार्फत धपाउने, बसाउने समेत गर्ने छन ।

५ दिन सम्म चल्ने महोत्सवमा खेलकुद, सांस्कृतिक प्रस्तुती, कृषि प्रदर्शनी सहितका एक सय हाराहारी कार्यक्रम आयोजना हुँदैछन्।  काग सम्मेलन हुने दिन २९ गते नै राष्ट्रव्यापी कविता प्रतियोगिता समेत हुँदैछ । प्रतियोगिताको पहिलो हुनेले नगद ४० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १२ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छ । महोत्सव अवधीमा पशुबालिको प्रदर्शनी र पुरस्कृत समेत गर्ने कार्यक्रम छ ।

प्रकाशित: २१ फाल्गुन २०८१ १४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App