१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

हामी एकनासे कानून पद्धति कार्यान्वयन गरिरहन सक्दैनौँ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अरु देशहरूको कानूनी प्रक्रियाबारे जानकारी नलिइकन नेपालमा पनि कानूनी पद्धतिमा निखार आउन नसक्ने तर्क गरेका छन्। 

नेपाल चाइना लिगल कोअपरेशन फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। एकनासे कानून पद्धति कार्यान्वयन गरिरहन नसकिने उनको भनाइ रहेको छ। कुनैपनि देशको कानून आफूभित्रबाट मात्रै जन्मिएको र त्यहीँ हुर्किएको र त्यहीँ टुंगिएको भन्ने नभएको बुझाइ उनको छ। 

उनले भने, ‘हामी एकनासे कानून पद्धति कार्यान्वयन गरिरहन सक्दैनौँ। यो भन्दा अगाडि पनि हाम्रो अनुभव छ। जापानी सहायतामा पनि जापानी लिगल ट्रेडिशनको बारेमा हामीले केही अन्तरक्रियाहरू गर्ने गरेका छौँ।’ उनले थपे, ‘हामीले के अप्ठ्यारो मान्नुपर्दैन भने हामीले एक अर्काबाट पद्धतिगत अवलोकन भ्रमण गरेर त्यसको रियालिटीको बारेमा जानकारी पाउँदा राम्रै हुन्छ।’ 

सो अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानूनहरू स्थानीय हुने तर त्यसका सिद्धान्त, दर्शन, अभ्यासहरू एक अर्काबाट सिकेर फेरि बिस्तारित र विकसित गर्न जरुरी हुने तर्क गरेका छन्। लिगल कोअपरेसनको अभ्यास महत्वपूर्ण आयाम भएको जिकिर उनको थियो।

प्रकाशित: १० फाल्गुन २०८१ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App