१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

बेलुन विस्फोटमा घाइते भएका मेयर आचार्य डिस्चार्ज

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बिहीबार अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

उनले ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन साथ, सहयोग, र सुझाव अपेक्षित रहने पनि बताएका छन् ।

पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

प्रकाशित: ८ फाल्गुन २०८१ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App