१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सांसद शर्माले बालिकामाथि श्रमशोषण गरेको विषयमा आयोगले थाल्यो अनुसन्धान

राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सहायक प्रवक्ता श्यामबाबु काफ्लेले यस घटनाको आयोगले छानबिन थालेको जानकारी दिएका हुन्।

‘आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको छ। सो क्रममा उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकिल कार्यालयसमक्ष पेस गरेको राय सहितको प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन आयोगले आजै पत्राचार गरेको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा ९एमाले० की सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

गत जेठ १४ गते बालुवाटारको एक घरबाट नाबालिकाको उद्धार भएको थियो। काठमाडौं महानगरपालिकाको टोलीले नाबालिकाको उद्धार गरेपछि त्यो घर रेखाकुमारी शर्माको भएको खुलेको थियो।

महानगरले नै जिल्ला प्रहरी परिसर काठमाडौंमा शर्माविरुद्ध जाहेरी दिएका थिए। तर प्रहरीले पनि सत्ता निकट भन्दै छानबिन नै नगरेको आरोप लागेको थियो।

प्रकाशित: ३० माघ २०८१ १७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App