रुपन्देही जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पूर्व डिआइजी छविलाल जोशी उच्च अदालत पुगेका छन्।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो।
सो आदेशविरुद्ध पूर्व डिआइजी जोशीका छोरा रोचक जोशी उच्च अदालत तुलसीपुरको बुटवल इजलास कार्यालयमा निवेदनसहित पुगेका हुन्।
अधिवक्ता समेत रहेका रोचकले जिल्ला अदालतको आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले उक्त आदेश बदर माग गरेका छन्।
रोचकको निवेदन दर्ता भइसकेको उच्च अदालत स्रोतले बतायो। यसअघि सुप्रिम सहकारी ठगी मुद्दामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतबाटै एक करोड धरौटीमा छुटेका थिए।
प्रकाशित: ३० माघ २०८१ १४:१२ बुधबार