२१ पुस २०८२ सोमबार
image/svg+xml
समाज

वीरेन्द्रनगरमा एकै रातमा चार वटा मोटरसाइकल चोरी, बाहिर नराख्न प्रहरीको आग्रह

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो हप्ता चोरको बिगबिगी भएको छ । एकै रातमा चार वटा मोटरसाइकल चोरी भएको हो । जसका कारण प्रहरीले मोटरसाइकल र स्कुटर बाहिर नराख्न अपिल गर्दै कार्यक्रमहरू समेत गरेको छ ।

यसअघि सुर्खेतमा मोबाइल र अन्य चोरीका घटना बढी हुने गर्दर्थे । पछिल्लो वर्षहरूमा मोटरसाइकल चोर्ने घटनाहरू बढी भएको प्रहरीले बताएको छ । एकै रात वीरेन्द्रनगरमा ४ वटासम्म मोटरसाइकल चोरी भएको घटना रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरीका घटनाहरूबारे जिल्ला प्रहरी कार्यालयमा निवेदन आउने गरेपनि धेरैजसो फेला पर्ने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले बताए । चोरीका घटनाहरू बढ्न थालेसँगै प्रहरीले सचेतना कार्यक्रम समेत गरेको छ । आफ्नो साधनहरु सुरक्षित राख्न समेत अपिल गरेको छ ।

घरबाटै राती मोटरसाइकल चोरी भएको हप्ता दिन पुग्दा समेत पत्ता नलागेको तिलक पौडेलले बताए । ट्राफिक प्रहरी र जिल्ला प्रहरीमा चोरी भएको भोली पल्ट बिहान निवेदन दिए पनि मोटरसाइकल फेला नपरेको पौडेलले बताए । चोरीका मोटरसाइकलहरु पहाडी जिल्लाका ग्रामीण भेकतिर खुलेआम चलाउने गरेको पाइएको छ । वीरेन्द्रनगरमा बनाइरहेको नयाँ बनाउन लागेको घरको झ्याल र ढोका चोरी हुने गरेको छ । घरको ढलान नहुने बेलासम्म घर मुलीले घर कुर्नुपर्ने अवस्था रहेको छ । मोटरसाइकल चोरीको निवेदन आए लगत्तै जिल्लाभरका नाका र वीरेन्द्रनगरमा सम्भावित क्षेत्रमा ट्राफिक प्रहरीको निगरानी बढ्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए ।

प्रकाशित: २३ माघ २०८१ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App