इलामको माङ्सेबुङ गाउँपालिकामा शंकास्पद अवस्थामा बालिकाको शव फेला परेको छ।
माङ्सेबुङ गाउँपालिका-१, देउराली भन्ने स्थानको बारीमा घाँटीमा डाम भएको अवस्थामा १० वर्षीया सुप्रिया राईको शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईका अनुसार गए राति ९ बजेतिर प्रहरीलाई बालिकाको शव फेला परेको सूचना आएको थियो।
मावली घर बस्दै आएकी ती बालिका त्यही वडाको तोभाङका सुरेन्द्र राईकी छोरी हुन्। ‘घटना शंकास्पद छ, शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउँदैछौं,’ डिएसपी राईले भने, ‘थप विवरणका लागि घटनाको अनुसन्धान भइरहेको छ।’
सुप्रिया सानैदेखि मावली घर बस्दै आएकी थिइन्।
प्रकाशित: १२ माघ २०८१ १७:५४ शनिबार