सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगीको आरोपमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनविरुद्ध ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो।
मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) द्वारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसुर अपराध गरेको अभियोग सरकारी वकिलको कार्यालयले लगाएको छ।
सरकारी वकिलको कार्यालयले उनीविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको छ । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले प्रतिवादीसँग बिहीबार बयान हुने जानकारी दिए ।
गत पुस २५ गने पक्राउ परेका पोखरेलले एमबिबिएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।
प्रकाशित: ९ माघ २०८१ १७:४८ बुधबार




