धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा एक युवक शव फेला परेको छ ।
आज बिहान स्थानीय २१ वर्षीय आँसु कुमार महराको शव पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए।
छारे (मिर्गी) रोगी महरा दुईतीन दिन बेपत्ता भएका थिए । उनको खोजी गर्न दिन परिवारजनले प्रहरीलाई जानकारी गराएपछि खोजीकै क्रममा आज बिहान उनको शव पोखरीमा भेटाएको प्रहरीले जनाइएको छ ।
प्रहरी निरीक्षक साहका अनुसार दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरी शव तैरिरहेको अवस्थामा शव फेला परेको हो।
स्थानीयले पोखरीमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ ।
प्रकाशित: ९ माघ २०८१ १२:३९ बुधबार