१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

५२ अंकले बढ्यो नेप्से, ९ अर्बमाथि कारोबार

सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ।

बुधबार सेयर बजार परिसूचक (नेप्से) ५२.३६ अंकले बढ्दै २,६६५ बिन्दुमा पुगेको छ। बजारको सकारात्मक उतार-चढावसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।

बुधबार ३२२ कम्पनीका १ करोड ७६ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा कुल ९ अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन १९६ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ। कर्पोरेट विकास बैंक र डोल्टी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिन विकास बैंकको मूल्य करिब १० प्रतिशतले उकालो लागेको छ।

सेयर बजारका विभिन्न उपसमूहमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। लगानी उपसमूह सबैभन्दा धेरै ३.८२ प्रतिशतले बढेको छ।

अन्य उपसमूह ०.२४ प्रतिशतले, व्यापार २.४५ प्रतिशतले, विकास बैंक २.७४ प्रतिशतले, र होटल तथा पर्यटन उपसमूह २.७१ प्रतिशतले उकालो लागेको छ।

प्रकाशित: ९ माघ २०८१ १५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App