सशस्त्र प्रहरी धनुषाले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार धनौजी गाउँपालिका–४ भडरिया क्षेत्रबाट भारत र नेपालका दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
गिरफ्तार परेकामा भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पंचायत–५ बस्ने २१ वर्षीय रुपेशकुमार यादव र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो रहेका छन्।
सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीका अनुसार उनीहरूलाई सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको हो।
बोर्डर आउट पोस्ट (बीओपी) धनौजीको टोलीले बिआर ३२ ए.डब्लू १८११ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा महतोको साथबाट ९ एमएम बाउनिङ पेस्तोल बरामद गरेको जनाएको छ।
त्यसैगरी, उनीहरूको साथबाट एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली पनि बरामद भएको गिरीले जानकारी दिए। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित: ५ माघ २०८१ २०:२८ शनिबार