५ माघ २०८१ शनिबार
image/svg+xml
समाज

बलिदानी दिवसमा सहिद परिवार १ हजार दिएपछि...

मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मधेश सरकारले आयोजना गरेको सातौं बलिदानी दिवस समारोह शहीद परिवारले अवरोध गरेका छन्।

समारोहमा सहभागी गराइएका शहीद परिवारले सरकारबाट आफूहरुलाई अपमानपूर्वक व्यवहार गरिएको आरोप लगाउँदै कार्यक्रम विथोलेका हुन्। उनीहरुले कार्यक्रम स्थलमा नाराबाजी गर्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए।

शहीद परिवारका सदस्यहरूले आफूलाई सरकारले रोजगारको आश्वासन दिएर, सम्मान गर्न बोलाएर हेला गरेको बताए। ‘हामीलाई एक–एक हजार रुपैयाँ थमाएर अपमान गरियो।’

मुख्यमन्त्री सतिशकुमार सिंह र अन्य मन्त्रीहरूको उपस्थितिमा भएको कार्यक्रममा शहीद परिवारले आक्रोशपूर्ण प्रतिक्रिया दिएपछि अवस्था तनावपूर्ण बनेको थियो।

तनावलाई शान्त पार्न मुख्यमन्त्री सिंहले शहीद परिवारको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘तपाईंहरुको आक्रोशलाई हामीले सम्मानका साथ लिएका छौं। व्यवस्थापनको कमजोरीले यस्तो भयो, समस्याहरु समाधान गर्न हामी प्रतिबद्ध छौं।’

मुख्यमन्त्री सिंहले आन्दोलनका क्रममा घाइते भएका परिवारका लागि १ लाखदेखि २ लाखसम्मको आर्थिक सहयोग बैंक खातामा पठाउने प्रक्रिया अघि बढाउने आश्वासन समेत दिए। साथै, अन्य समस्या समाधानमा पनि सरकारले गम्भीर कदम चाल्ने प्रतिबद्धता जनाए।

प्रकाशित: ५ माघ २०८१ १६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App