२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

धनुषाधाममा मकर मेला

यहाँको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा आज बिहानैदेखि एकमहिने मकर मेला सुरु भएको छ । मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिकाले गर्दै आएको छ ।

मेलामा देशका विभिन्न भागका साथै भारतबाट पनि धेरै श्रद्धालु आउने गरेका छन् । सीता स्वयम्वरका बेला श्रीराम धनुष उठाउँदा त्यसको एक टुक्रा आकाश, अर्को पाताल र बीचको भाग  धनुषाधाममा झरेको किंवदन्ती छ ।

धनुषको टुक्रा खसेको जनकपुरधामको पोखरी धनुष सागरका नामले चिनिन्छ । यो स्थानमा धनुष बाबाको मन्दिर पनि छ जहाँ हरेक वर्ष माघमा मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्प एवं जल अर्पण गर्ने चलन छ । पाँच मकर स्नान गरेर धनुष भगवान्को दर्शन गरेपछि सय  रामेश्वरमको दर्शन गरेको पुन्य प्राप्त हुने जनविश्वास छ ।

प्रकाशित: १ माघ २०८१ १५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App