३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालगन्जमा शीतलहर, चिसोले जनजीवन प्रभावित

शीतलहर चलेको नेपालगन्जस्थित पुष्पलाल चोक । तस्बिरः गणेश विशु/नागरिक

पश्चिमको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जमा बाक्लो हुस्सु तथा कुहिरोसँगै शीतलहर चलेको छ । सोमबार रातिदेखि शीतलहर चल्दा यहाँको जनजीवन प्रभावित भएको छ ।  

नेपालको तराई क्षेत्रमा हरेका वर्ष शीतलहरले धेरैको ज्यान लिने गरेको र मानव स्वास्थ्यबाहेक खेतीपाती, पशुपालन, सडक यातायात, हवाइ उडान, शैक्षिक गतिविधि आदीसमेत प्रभावित हुँदै आएका छन् ।  

बिहानैदेखि शीतलहर चल्दा यहाँको जनजीवन कष्टकर बनेको नेपालगन्जका अब्दुल करिमले बताए । ‘सोमबार घाम लागे पनि त्यसभन्दा अघि पनि चिसो थियो । सामान्य शीतलहर थियो,’ उनले भने, ‘मंगलबार त दिनभरि शीतलहर चल्यो ।’  

शीतलहरले हिँड्डुल गर्न सकस भएको थियो । दुई पांग्रे सवारी साधनलाई अझ बढी समस्या भएको मोटरसाइकल चालक प्रवीण चौधरीले बताए । ‘मोटरसाइकल चलाउँदा शीतलहरले कपडानै भिज्यो,’ उनले भने, ‘अनुहारमा शीत जमेर चिसोसम्म भयो ।’ सामान्य गतिमा सवारी साधन चलाउँदा शीतलहरले समस्या बनाएको उनको भनाइ छ ।  

शीतलहरले चिसो बढेसँगे बालबालिका, वृद्धवृद्धा, अस्पतालका बिरामी, दीर्घरोगीलाई अझ बढी प्रभावित बनाएको छ । लामो तथा छोटो दुरीमा आवातजावत गर्ने यात्रुहरु पनि प्रभावित भए । दैनिक ज्यालादारी काम गरेर खाने वर्ग पनि समस्यामा परेका छन् । कतिपय मजदुर काममा निस्किन सकेनन् भने शीतलहरलाई छिचोल्दै कति भने काममा निस्केका थिए ।

मंगलबार देशभरिमा सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम सबैभन्दा कम हुम्लामा १० डिग्री सेल्सियस मापन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।

चिसोले ज्यालादारी काम गरेर खाने वर्गलाई समस्या भएको छ । उनीहरु चिसोले गर्दा काममा निस्किन सकेका छैनन् । चिसो बढेसँगै पश्चिम जिल्लामा रुघाखोकीलगायतका संक्रमण देखिएको छन् । अहिले अस्पतालहरु स्वास्थ्य क्लिनिकहरुमा बिरामीको चाप बढेको छ । आउने बिरामीमध्ये अधिकांशमा रुघाखोकी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेले पनि शीतलहरबाट बच्न सर्वसाधारणमा अपील गरेको छ । आकाशलाई दिनभरि कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्ने भएकाले सचेत हुन प्रहरीले अपील गरेको हो । चिसो बतास (हावा) चल्ने र शीत खस्ने भएकाले यसबाट बच्न गोडा माथि देखिनै बाक्लो तथा न्यानो लुगा लगाउन प्रहरीले जारी गरेको अपीलमा भनिएको छ ।

‘कोठा न्यानो पार्ने र पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था मिलाउने, शीतलहरको समयमा घर बाहिर खुल्ला स्थानमा लामो समय नबिताउने,’ प्रहरी शीतलहरबाट बच्ने उपाय अवलम्बन गर्ने भन्दै जारी गरेको अनुरोधमा भनिएको छ, ’ प्रहरी शीतलहरबाट बच्ने उपाय अवलम्बन गर्ने भन्दै जारी गरेको अनुरोधमा भनिएको छ, ‘रातको समयमा न्यनो सिरक, कम्बल जस्ता ओड्ने प्रयोग गर्ने र घर भित्र राति सुत्दा शरीरको पुरै अंग ढाक्ने प्रबन्ध मिलाउने । हिँड्डुल गरिरहने÷सक्रिय भइरहने । बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा दीर्घ रोगीहरुलाई चिसोबाट जोगाउने । आमाको दूध खाने बच्चाहरुलाई नियमितरुपमा स्तनपान गराउने ।’

चिसोको समयमा शरीरलाई चाहिने आवश्यक खानेकुरा र पर्याप्तमात्रमा तातो तथा पोषिलो झोल पदार्थहरु सेवन गर्न र स्वास्थ्यसम्बन्धी कुनै समस्या आई परेमा, ज्वरो आएमा, झाडापखाला लागेमा, दम बढेमा, खोकी लागेमा, छाती घ्यार घ्यार भएमा वा श्वास फेर्न कठिनाई भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि प्रहरीले उल्लेख गरेको छ ।

सुत्ने कोठामा आगो, मकल, कोइला बाली झ्याल ढोका बन्द गरेर नसुत्ने । जसले गर्दा श्वास फेर्न नसकी निसास्सिएर मृत्युसमेत हुन सक्ने प्रहरीले जनाएको छ । सावधानी अपनाएर विद्युतीय उपकरणहरुको प्रयोग गर्ने भन्दै प्रहरीले भनेको छ, गर्ने भन्दै प्रहरीले भनेको छ, ‘आगो बालेको ठाउँमा बच्चाहरुलाई एक्लै नछोड्ने ।’

शीतलहर चलेको बेलामा पाल्तु पशुपंक्षीलाई खुल्ला स्थानमा चराउन नलैजाने, गोठ टहरामै राखेर पर्याप्त घाँस÷पराल र दाना दिने र चिसोका कारण पशुपंक्षी बिरामी भएमा नजिकैको पशु चिकित्सालयमा तुरुन्तै सम्पर्क गरी औषधोपचार गराउन प्रहरीले सर्वसाधारणमा अपील गरेको छ ।

प्रकाशित: २३ पुस २०८१ १९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App