महावै गाउँपालिकाले आज शोक बिदा दिएकाे छ। गाउँपालिकामा कार्यरत प्रशासन सहायक केशरबहादुर सिंहको मृत्यु भएकोले शोक बिदा दिएको हो। गाउँपालिकाले एक सूचना जारी गर्दै मंगलबार शाेक बिदा दिएको जनाएको छ।
सहायक पदमा कार्यरत कर्मचारीको पुस २१ गते बिहान हृदयघातका कारण आफ्नै घरमा निधन भएको थियो।
अहिले सिंगो महावै गाउँपालिकालाई अतुलनीय क्षति भएको भन्दै यस दुखद घडीमा मृतकप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल घरपरिवार आफन्तजनमा गाउँपालिकाले समवेदना प्रकट गरेकाे छ। सो सन्दर्भमा यस गाउँपालिकाले एक निर्णय गरी पुस २३ गते महावै गाउँपालिकामा शोक बिदा दिएको छ।
प्रकाशित: २३ पुस २०८१ ०९:४० मंगलबार