४ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्दिवास नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना

यहाँको बर्दिवास नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना गरिएको छ।

नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहर प्रशोधन केन्द्र स्थापना गरिएको हो। केन्द्र स्थापनासँगै फोहर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थापाले बताए।

यसअघि फोहर यत्रतत्र फालिँदा दुर्गन्धित हुनुका साथै विभिन्न रोग फैलिने सम्भावना रहेको थियो। हाल केन्द्र स्थापना भएपछि नगर सफा हुन थालेको बर्दिवास नगरपालिका–१४ का निकेश खनालले बताए।

बर्दिवास नगरपालिकाले हिट्टा हेब्वी मेशिनरी एण्ड रिसाइकल प्रालिको सहयोगमा बर्दिवास नगरपालिका–८ मा जापानिज प्रविधिको फोहर प्रशोधन केन्द्रको स्थापना गरिएको हो।

नगरपालिकाले उक्त कम्पनी सँग रु एक करोड २० लाखमा  २० वर्षको सम्झौता गरेको छ। नगरपालिकाले पूर्वाधार तयार गरिदिएको बर्दिवास नगरपालिका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए।

सामान्य घर परिवारबाट रु ५० र होटल रेस्टुरेण्टबाट फोहरको परिमाणअनुसार बढीमा रु तीन हजार मासिक शुल्क लिने गरेको फोहर प्रशोधन केन्द्रका प्रबन्धक सुरेन्द्र साहले जानकारी दिए।

हाल दैनिक छ टन फोहर प्रशोधन केन्द्रमा जलाउन थालेको र यसले नगरभित्रका फोहर व्यवस्थापनमा सहज भएको बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए।

फोहर प्रशोधन केन्द्र यही पुस ५ गतेबाट सञ्चालनमा ल्याइएको हो। 

प्रकाशित: २० पुस २०८१ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App