१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

मकवानपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २९४६ नं को जिपको ‘ब्रेक फेल’ भई सडकबाट झण्डै चार मिटर तल खस्दा कैलाश गाउँपालिका–३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरी अस्पतालमा मृत्यु भएको हो। उक्त जिपमा आठ जना सवार थिए। अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ। जिप चालक फरार रहेका छन्। 

प्रकाशित: १४ पुस २०८१ १९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App