१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही प्रहीले एक जनालाई नियन्त्रणमा लिएको छ।
सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापालाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ जिल्ला प्रहरी कार्यालयले जनायो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ११ पुस २०८१ १३:५३ बिहीबार