५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

जनकपुरमा दुर्गा मन्दिर परिसरमा भेटियो पुरुषको शव

जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ। जनकपुरधामको विद्यापती चोकदेखि नापी कार्यालय जाने बाटोमा रहेको दुर्गा मन्दिर परिसरमा शुक्रबार बिहानै एक जना पुरुषको शव फेला परेको हाे।

पहिचान खुल्न नसकेको अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

प्रहरीका अनुसार मृतक पुरुषको टाउकोमा चोट लागेको देखिएको छ। छेउमा इँटा पनि फेला परेको छ। कसैले उनको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको देखिन्छ। हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको छ।

मृतक पुरुषको हुलिया हेर्दा मागी खाने साधु जस्तो देखिने प्रहरीकाे भनाइ छ। घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको र घटनासम्बन्धी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

यसअघि बिहीबार (हिजाे) धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोरामा बाँधेर फालिएको अवस्थामा शव भेटिएको थियो।

प्रकाशित: ५ पुस २०८१ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App