३० मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंमा उधौलीको रौनक (तस्बिरहरू)

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाएका छन्। 

उँधौली पर्वको रौनक काठमाडौंमा पनि देखिएको छ। आइतबार काठमाडौं गोकणेश्वरमा जम्मा भएका छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकीमा सजिएका किराती युवती र दौरासुरुवाल, ढाका टोपीमा सजिएका किराती युवाले साकेला सिलीमा कम्मरसमेत मर्काए।

किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उँधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।

 

प्रकाशित: ३० मंसिर २०८१ १७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App