१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

खुल्यो नागपोखरी, जाने हैन त हेर्न ?

बताइए अनुसार काठमाडौं उपत्यकामा काठमाडौ र भक्तपुर दुई ठाउँंहरुमा मात्रै नागसहितको नागपोखरी रहेका छन्। काठमाडौंको नागपोखरी धेरैले सुनेको, देखेको, घुमेको भए पनि भक्तपुरबासीबाहेकलाई भक्तपुरको नागपोखरीबारे थाहा होला। यही ओझेलमा रहेको नागपोखरी शुक्रबार भने खुलेको छ। भक्तपुर महोत्सव २०८१ को क्रममा पोखरीमा प्रदर्शन गरिएपछि पोखरी खुलेको हो।  

यो पोखरी भक्तपुर नगरपालिका वडा नं १० थालाछेंमा पर्दछ । यो ठाउँं सल्लाघारी कमलविनायक सडक खण्ड अन्तर्गत देकोचा (चाँंगुनारायण मन्दिर जाने चोक) चोकबाट झण्डै तीन सय मिटर दक्षिणमा पर्दछ। यो ठाउँं पुग्न देकोचाबाट हिडेरै पाँंच मिनेटमा पुग्न सकिन्छ। यहाँं पुग्ने वितिकै एउटा पोखरी देखिन्छ, जुन नागपोखरीको नामले भक्तपुरमा प्रख्यात छ।  

अहिले त्यस पोखरीको वरपर समग्र भक्तपुरलाई चिनाउने गरी फोटो प्रदर्शनी भइरहेको छ। भक्तपुर महोत्वस २०८१ अन्तर्गत चर्चित फोटोग्राफर सुरेशराज शाक्यका झण्डै एक सय फोटोहरु प्रदर्शनीमा रहेका छन्। फोटोहरु नागपोखरी वरपर रहेका छन्। मेरा यी फोटोहरु हेरेपछि सिंगो भक्तपुर चिन्न सकिन्छ, फोटोग्राफर शाक्यले भने, भक्तपुरका धेरै विषयवस्तु मेरो फोटोहरुबाट देख्न सकिन्छ।  

भक्तपुर महोत्सवको क्रममा त्यहाँं खानादेखि नानासम्मका प्रदर्शन पनि छन्। त्यहाँं सम्हेबजी (नेवारी खानाका विभिन्न परिकार) देखि अन्य विभिन्न नेवारी स्वाद चाख्न सकिन्छ। त्यहाँं योमरी (नेवार समुदायको एउटा प्रख्यात रोटीको परिकार) देखि अन्य नेवारी स्वाद पनि चाख्न सकिन्छ। साथै यहाँं परम्परागत रक्सी बनाउने (पार्ने) दृश्य पनि देख्न सकिन्छ। त्यसका लागि स्थानीयहरु परम्परागत रुपमै दाउरा बालेर परम्परागत रक्सी बनाउने पेशा गरेको प्रदर्शनमा व्यस्त छन्।  

नागपोखरी भनेपछि त्यहाँं धागो सुकाउने ठाउँं भनेर उहिले भक्तपुरभरि चिनिन्थ्यो। तर अहिले त्यहाँं त्यस्तो छैन। यही दृश्य पनि यहाँं अहिले प्रदर्शनमा छ। स्थानीयले परम्परागत तानबाट कपडा बुन्न धागोमा रंग हाल्ने र सुकाउने ठाउँंको रुपमा प्रख्याती रहेको यही ठाउँंमा अहिले धागोको रंग सुकाउने प्रदर्शन पनि गरिराखिएको छ। यहाँंका रञ्जितकार थर भएका परिवारहरुले यहाँं यो पेशा गर्दथ्यो।

यो टोल तानमा कपडा बुन्ने पेशा रञ्जितकारहरु बाहुल्यता रहेको वडा हो, स्थानीय कृष्णगोविन्द रञ्जितकारले भने, त्यही भएर पहिलापहिला यहाँं धागोमा कलर राखेर सुकाउने चारैतिर देख्न सकिन्थ्यो।अहिले तानबाट कपडा बुन्ने परम्परागत काम गर्ने वडाबासीहरु अन्यत्र पेशामा लागेकाले धागो सुकाउने परम्परा पनि लोप जस्तै भएको उनले सुनाए।  

स्थानीय बाबुकाजी शिल्पकारका अनुसार यो वडा भक्तपुरमै सवैभन्दा वढी विभिन्न पेशा जातिका मानिसहरु बस्ने वडा हो। उनका अनुसार यही वडामा पुजारी, पुरोहितदेखि कुनै समयमा तल्लो जातको रुपमा मानिने पेशाकर्मीहरु पनि वडामा छन्।वडामा चिना हेर्न जोशी, कर्माचार्य, उहिलेका शाशक मानिने राणाहरु, धागोको काम गर्ने रञ्जितकार, माटोको मुकुण्डो बनाउने चित्रकार, फलामको काम गर्ने नकर्मी, सुनको काम गर्ने शाक्य, खेती किसानी गर्ने विभिन्न थरका मानिसहरुको बसाई रहेको छ।  

तस्वीरहरु:

प्रकाशित: २८ मंसिर २०८१ ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App