अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा नागरिक आवाज, नेपाल महिला सामुदायिक सेवा केन्द्रले विभिन्न समय र स्थानमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। यसैबिच स्थानीय सरोकारवालाको सहकार्यमा ‘अनुपम अभियान’ रोल्पा र रुकुम पूर्वमा पनि सुरु भएको छ।
रोल्पा जिल्लास्थित जिल्ला समन्वय समितिको सभा हलमा जिल्लाका सबै १० स्थानीय तहका उपप्रमुख सँग ‘अनुपम अभियान’का बारेमा छलफल सम्पन्न भएको छ। आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्य अनुसार सुरु भएको अभियानको न्यायिक समितिका संयोजक र पदाधिकारीलाई जानकारी गराइएको थियो। सहभागी उपप्रमुख उपाध्यक्षहरूले आगामी दिनमा अभियानलाई निरन्तरता दिने बताएका थिए।
यसै बिच पूर्वी रुकुमका विभिन्न स्थानमा पनि ‘अनुपम अभियान’ र अनुपम यात्रा सञ्चालन गरिएको छ। लैङगीक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सिस्ने गाउँपालिका सङको सहकार्यमा नेपाल महिला सामुदायिक सेवा केन्द्र अन्तर पाटी महिला सञ्जाल लगायतको आयोजनामा पूर्वी रुकुममा अनुपम यात्रा तथा सभा सम्पन्न भएको छ।
रुकुम सदरमुकाम रुकुमकोटको ढकालबारा टोलबाट सुरु भएको ¥याली छिप्रीदह, जिल्ला प्रशासन कार्यालय, बाहुनथाना हुँदै पुन ढकालबारामा आएर सभा गरिएको थियो। सो अवसरमा अनुपम यात्राको उद्देश्यका बारेमा समेत प्रकाश पारिएको थियो। त्यसै गरी सिस्ने गाउँपालिका ५ मा सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा ‘अनुपम अभियान’का बारेमा छलफल गरिएको थियो। गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले समेतको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन भएको थियो।
२०८० सालदेखि सुरु यो अभियान २०८४ सालसम्म सञ्चालन हुनेछ। खास गरी यो अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पु¥याउने लक्ष्य लिएको छ। जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहनेछ। राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु भएको हो। महिलावादी मञ्च गठन गरी पूर्व मेची र पश्चिम महाकालीबाट सुरु गरी हरेक जिल्लामा बस, पैदल, टेम्पु यात्रा गर्दै विभिन्न स्थानीय तहका वडासम्म पुग्ने गरी अभियान अगाडि बढाइएको हो।
महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरुपयोग गर्दै कानुनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागितालाई पाखा लगाउने काम भएको छ। जस कारण महिलाको नेतृत्वलाई स्विकार्ने वातावरण बन्न सकेको छैन। त्यसलाई अन्त्य गर्दै राज्यका सबै तहमा महिलाको समतामूलक र प्रतिनिधि सहभागिता अनिवार्य बनाउने र आउँदो निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य हो।
प्रकाशित: २३ मंसिर २०८१ १८:१३ आइतबार