२० मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

बयानका लागि रविलाई लगियो सरकारी वकिल कार्यालय

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा उपस्थित गराइएको छ।

लामिछानेलाई बुद्ध एयरको पहिलो उडानमार्फत काठमाडौँबाट चितवन ल्याइएको थियो। त्यसपछि उनलाई बयानका लागि  जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा उपस्थित गराइएको हो।

साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएको थियो।

प्रकाशित: १८ मंसिर २०८१ ११:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App