१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौंको सिडिओ आचार्य गृह मन्त्रालय तानिँदै

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य गृह मन्त्रालय तानिएका छन्। शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएका आचार्य गृह मन्त्रालय तानिएका हुन्। उनको ठाउँमा कसलाई पठाउने भन्ने बारे कुनै निर्णय भएको छैन। यसबारे अहिले गृहमन्त्री र गृह सचिवबिच छलफल भइरहेको छ।

प्रहरी नायव निरीक्षक रहेका नीरबहादुर अधिकारीले नक्कली शैक्षिक प्रमाणपत्रमा भएको भ्रष्टाचार मुद्दा ठहर भएपछि चुनौति दिँदै उनले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका थिए। नीरबहादुरले जयनारायण आचार्यविरुद्ध नेपाल सरकारको विषयमा फरक फरक व्याख्या हुँदा कानुनी जटिलता देखिएको दाबीसहित रिट निवेदन दर्ता गराएका थिए। सर्वोच्चले अधिकारीको मुद्दामा व्याख्या गर्दा यसअघि पूर्ण इजलासबाट भएको फैसला त्रुटिपूर्ण भएको ठहराएको हो।

यो पनि पढ्नुहोस्

सिडिओको प्रमाणपत्र नक्कली नै रहेको सर्वोच्चको फैसला

‘जयनारायण आचार्यविरुद्ध नेपाल सरकार भएको मुद्दामा निजले भारतबाट २०५२ साल (सन् १९९५) मा प्राप्त गरेको इन्टरमिडियटको झुट्टा प्रमाणपत्र पेस गरी २०५७ सालमा माथिल्लो बिएड तहको शैक्षिक योग्यता हासिल गरेको सर्वोच्चले हालै गरेको फैसलामा भनिएको छ। ‘पछि २०५७ सालमै नेपालबाट आइए पास गरेको प्रमाणपत्र हासिल गरेको भन्ने आधारमा बिएडको शैक्षिक योग्यताले वैधानिकता प्राप्त गर्ने अवस्था हुन सक्दैन,’ फैसलामा भनिएको छ।

प्रकाशित: १० मंसिर २०८१ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App