४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

भगवती मानव कल्याण संगठनको पदयात्रा सम्पन्न

देशलाई नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण संगठनले ‘नशामुक्ति जनजागरण पदयात्रा’ सम्पन्न गरेको छ । ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’को मूल नारासहित संगठनले शुक्रवार पदयात्रा सम्पन्न गरेको हो ।

संगठनले पदयात्राको माध्यमबाट तीनै तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापनमार्फत देशलाई नशामुक्त घोषित गर्न खबरदारी गरेको जनाएको छ । संगठन सचिव  डा. मिनु सिग्देलका अनुसार नशामुक्ति अभियानका अन्तर्राष्ट्रिय अभियन्ता सिद्धाश्रम–रत्न अजय अवस्थी र नेपाल सरकारका जनप्रतिनिधिहरूका साथै पदयात्रामा हजारौंको उपस्थिति रहेको थियो ।

पदयात्राको क्रममा यात्रु एवम् घर–घरबाट निस्किएका सहभागीहरूले नशामुक्त नेपाल घोषणाको अभियानलाई समर्थन जनाएका थिए । हजारौँ व्यक्तिहरूले अभियानलाई समर्थन जनाउँदै पुष्प वर्षासहित पदयात्रामा स्वागत गरेको सचिव सिग्देलले जानकारी दिइन् ।

पत्रयात्राको रुटमा नशामुक्त नेपालका लागि गरिएको हस्ताक्षर संकलनमा समेत हजारौँले हस्ताक्षर गरेर सहमति जनाएको संगठनले जनाएको छ । जसअन्तर्गत संगठनले नशामुक्त नेपालका लागि १० हजार हस्ताक्षर संकलन अभियान सम्पन्न गरिसकेको छ ।

पदयात्रा ललितपुरको मंगलबजार पाटन दरबार स्क्वायर क्षेत्रस्थित कृष्णमन्दिर प्रांगणबाट शुभारम्भ भएको थियो । यस्तै पाटन कृष्णमन्दिरबाट–प्रभात मावि त्यागल–महाबौद्ध मन्दिर बकुबहाल–थैना–टंगल–इति टंगल–प्रयागपोखरी–लगनखेल बसपार्क नमुना मछिन्द्र मावि–पाटनहस्पिटल– ईखालखु–पूर्णचन्दी मन्दिर मानभवन–जावलाखेल पुल्चोक ललितपुर महानगरपालिका मदनस्मारक स्कुल नःटोल गाँबहाल महापाल हुँदै पुनः पाटन दरबार स्क्वायर कृष्ण मन्दिरमै पुगेर समापन भएको थियो ।

कार्यक्रम समापन गर्दै सिद्धाश्रम रत्न अजय अवस्थीले देशको भविष्यका अभियन्ता युवा वर्गलाई सचेत गराउँदे नशामुक्त नेपाल घोषणा हुनु अति आवश्यक रहेको बताए । देशको समृद्धिमा हरेक किसिमका नशाजन्य पदार्थ बाधक भएको उनको भनाइ थियो । संगठनले विगत १६ वर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको स्मरण गर्दै उनले नेपालमा हजारौँ परिवारलाई नशामुक्त गरिसकेको दाबी गरे ।

यस्तै, संगठनले ‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने मूल नारासहित गत साउनदेखि देशव्यापी रुपमा एक करोड वृक्षरोपण अभियान सञ्चालन गरेको छ । संगठनद्वारा आम नागरिकको सहयोगमा मेचीदेखि महाकालीसम्म जारी वृक्षरोपण अभियान तीव्र रुपमा अघि बढिरहेको सचिव सिग्देलले बताइन् ।

संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियानअन्तर्गत आध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रकाशित: ७ मंसिर २०८१ २०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App