मोरङको उर्लाबारीमा दुईवटा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु भएको छ। उर्लाबारी नगरपालिकाको नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो।
बिहीबार साँझ तिब्र गतिमा रहेका मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोरङको कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ, सोही स्थानका २८ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमालको मृत्यु भएको हो।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रकाशित: ७ मंसिर २०८१ १०:२५ शुक्रबार