६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

६ दिनदेखि वेपत्ता ताप्लेजुङको खाम्दिने बजारका व्यवसायी पौडेल मृत भेटिए

गत कात्तिक २८ गतेदेखि वेपत्ता ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं २ खाम्दिने बजारका ब्यवसायी गौरीमान पौडेल मृत अवस्थामा भेटिएका छन्। उनको शव आज भेटिएको हो। खाम्दिने बजारका औषधी ब्यवसायी उमेश अधिकारीले पौडेलको शव सिरिजंघा गाउँपालिका वडा नं १ ओइराङ्गे दोभानमा  फेला परेको जानकारी दिए।

उनी वेपत्ता भएयता खोजीकार्य जारी थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले गौरीमानको शव भेटिएको पुष्टी गरे । उनका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको छ । पौडेलको शव प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यसैबीच, ताप्लेजुङ्गको मौवाखोलामा करेन्ट लागेर गम्भीर घाइते भएकी  ७ बर्षिय बालिकाको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ। बिद्युत प्रवाह भइरहेको तार पोलबाट खसेर लाग्दा गम्भिर घाइते मैवाखोला गाउँपालिका वडा नं ३ की ७ बर्षिया मंसिरी शेर्पाको मृत्यु भएको हो। साङ्गे शेर्पाकी ७ बर्षिया छोरी मंसिरी स्थानीय सरस्वती आधारभूत बिद्यालय तुम्बेमा अध्ययनरत थिइन् । विद्यालयबाट हिजो साँझ घर फर्कदै गर्दा पोलबाट झरेको बिद्युतीय तारले उनलाई छोएको थियो ।  

प्रकाशित: ३ मंसिर २०८१ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App