३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार

<br>

समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय कास्की अगाडी पुगेका पत्रकारहरुलाई कास्की प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले दुर्व्यवहार गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा ल्याइएको समाचार संकलनका लागि पोखराको गहिरा पाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई डिएसपी शर्मा नेतृत्वको प्रहरी टोलीले दुर्व्यवहार गरिएको बताइएको छ।

पार्टी सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुर्‍याएपछि त्यहाँ शान्तिपूर्ण तरिकाले जम्मा भएका रास्वपाका नेता- कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गर्न खोजेपछि फोटो तथा भिडियो खिच्ने पत्रकारहरूमाथि प्रहरी जाइलागेको थियो।

त्यही क्रममा कास्की प्रहरीका एक प्रहरीले पत्रकार सन्देश बरालको क्यामरा खोस्न थालेपछि पत्रकारहरूले त्यसको प्रतिकार गर्न सुरु गरेका थिए।पत्रकार ओम हमाल र माधव पोखरेल लगायतका पत्रकारले प्रहरीको ज्यादतीको विरोध गरेका थिए । न्युज एजेन्सी नेपाल

प्रकाशित: ३० कार्तिक २०८१ १८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App