९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बागलुङ जैमिनी दुर्घटनाः मृत्यु भएका पाँचैजनाको पहिचान खुल्यो (अपडेट)

जिल्लाको जैमिनी नगरपालिकामा जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचैजनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङ अनुसार आज बिहान जैमिनी नगरपालिका-८ छिस्तीबाट बागलुङका लागि छुटेको ग २ च ९२४७ नम्बरको पिक अप जीप जैदी र छिस्तीको सिमाना क्षेत्रमा दुर्घटना हुँदा पाँचजनाको थियो।

उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा जीप चालक जैमिनी नगरपालिका-८ छिस्ती केवईका ३८ वर्षका महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीस, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीस र ७५ वर्षको कुलप्रसाद श्रीस रहेका छन्।

सोही ठाउँका ४५ वर्षीय गंगाबहादुर श्रीसको शरिरको विभिन्न भागमा चोट लागेको र उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल ल्याईदै गरेको प्रहरीले जनाएको छ।

जैमिनी नगरपालिका-८ छिस्तीबाट सोमबार बिहान बागलुङका लागि  सवारी चालक सहित ६ जना सवार पिक अप पिक अप जीप जैमिनी नगरपालिका-७ हर्देवा पाखामा दुर्घटना भएको थियो।

जीप सडकबाट अनियन्त्रीत भई पाँच सय मिटर तल खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा मृत्यु हुनेहरु सबै जैमिनी नगरपालिका-८ छिस्ती केवइका छन्।

प्रकाशित: २६ कार्तिक २०८१ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App