३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

जापानीको पहिलो चुम्बन लम्बिदै

यस्ताे पनि!

पश्चिमा मुलुकमा जब कुनै किशोर वा किशोरी हाइस्कूल पुग्छन्, त्यहाँ उनीहरूले आफूलाई मनपर्ने जोडा फेला पार्छन्। त्यसपछि उनीहरूमा प्रेम अंकुराउन थाल्छ। र, जीवनमै पहिलो पटक कसैलाई प्रेमी वा प्रेमिकाका रूपमा स्वीकारेर उनीहरूले चुम्बन साटासाट गर्छन्। यस्तो चुम्बन साटासाट गर्ने पालो पहिला निकै चाँडो आउँथ्यो। अचेल भने ढिला हुन थालेको छ।

यो समस्या जापानमा भने अझ बढी छ। जापानमा हाइस्कूल पढ्ने पाँच छात्रमध्ये एक जनाले मात्र पहिलो पटक चुम्बन गर्ने अवसर पाउन थालेका छन्। सन् १९७४ मा पहिलो पटक कसले पहिलो पटक चुम्बन गर्न पाउँछ भन्ने सर्भे हुन थालेयता यो चुम्बन पाउने भाग्यमानी छात्रको संख्या घट्न थालेको देखिएको छ।

जापानी एसोसिएसन फर सेक्स एडुकेसनले हालै जारी गरेको सर्भेअनुसार २०१७ को तुलनामा केटाहरूले पहिलो चुम्बनको अवसर निकै कम पाउन थालेका छन्। पहिला २२.५ प्रतिशतले पहिलो चुम्बनको अवसर पाउँथे, अचेल क्रमशः घटदै गएर १३.६ मा झरेको छ। १५ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरी २००५ को उच्च अवसरबाट घट्दै जान थालेको छ। त्यो बेला चुम्बन सामान्य थियो। केटीहरूमा पनि केटालाई चुम्बन गर्ने जिज्ञासा थियो। त्यसैले केटाहरूले चुम्बन गर्ने अवसर पाउँथे।

जापानको मेनिची सिम्बुन अखबारका अनुसार १२ हजार पाँच सय विद्यार्थीहरूमाझ गरिएको सर्भेमा १४.८ प्रतिशत छात्राहरूले चुम्बनसँगै पहिलो पटक यौन सम्बन्ध राख्नेको प्रतिशत ५.३ प्रतिशत थियो। अहिले भने त्यो घटेर ३.५ प्रतिशतमा झरेको छ। कुनै पुरुषसँग सम्बन्ध राख्नुको साटो युवतीमाझ हस्तमैथुन लोकप्रिय हुन थालेको अध्ययनले देखाएको छ।

यसमा  कोभिड १९ को महामारीले प्रमुख भूमिका खेलेको अध्येताहरूको भनाइ छ। तीन वर्ष कोरोनाको महामारीका कारण युवाहरूमाझ व्यक्तिगत सम्पर्क घट्न पुगेको र त्यसको साटो वैकल्पिक बाटा अपनाउन थालिएको पनि अध्ययनले देखाएको छ।

टोकियोको मुसासी विश्वविद्यालयकी प्राध्यापक युसुके हायाशीका अनुसार, कोभिड १९ को महामारीका दौरानमा व्यक्तिगत भेटघाट नभएपछि हस्तमैथुनतर्फ बढी आकर्षित भएका थिए। त्यसो त ती खाली दिनहरूमा युवायुवतीहरू अश्लील सामग्रीतर्फ आकर्षित भएका कारण पनि उनीहरूमा त्यस्ता गतिविधि गर्न थालेको हुनुपर्ने प्राध्यापक हायाशीको धारणा छ।

उता अखबारका स्तम्भकार  तथा समाजशास्त्रका प्राध्यापक तमाकी कावाशाकी एकसाथ जापानी युवा कृत्रिम यौनतर्फ आकर्षित हुनु दुःखको कुरा भएको बताउँछन्। युवाहरूमा प्राकृतिक यौनभन्दा म्याग्नाका अश्लील दृश्य र अश्लील भिडियोतर्फ आकर्षित हुनु देशकै भविष्यका लागि खतरा रहेको प्रेसिडेन्ट म्यागेजिनमा लेख्छन्। यसले देशको जनसंख्या  उल्लेख्य रूपमा घट्नेमा समेत उनले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: २६ कार्तिक २०८१ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App