२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

नृपध्वज र नित्यानन्द सर्वोच्चको न्यायाधीश नियुक्त

.

नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषदको सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन्। निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।

संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो।

प्रकाशित: २५ कार्तिक २०८१ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App