तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्।
तिहारको बिदा भाईटिकाको भोलिपल्टसम्म दिएकाले मंगलबारबाट मात्रै सरकारी कार्यालयहरु खुलेका हुन्। साथै मंगलबारदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय छोटिएको हो।
गत बिहीबार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन्।
प्रकाशित: २० कार्तिक २०८१ १२:०५ मंगलबार