११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

तथ्यहीन सूचनाले पत्रकारितामाथि धावा,प्रेस काउन्सिलले कडाई गर्दै

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको टिप्पणी गरेका छन्।

पत्रकारिताको आवरणमा गलत क्रियाकलाप रोक्न काउन्सिलले तदारुकता देखाइरहेको उनले बताए।

शुक्रबारदेखि विविध मातृभाषामा समाचार दिन थालेको एक अनलाइनलाई शुभकामना दिने क्रममा अध्यक्ष बस्नेतले अबको पत्रकारिता प्रविधिमैत्री र रचनात्मक हुनुपर्ने सुझाव राखे।

आजको डिजिटल दुनियाँमा प्रविधिमैत्री र सबैले अपनत्व लिने माध्यम भए मात्र पत्रकारिता फस्टाउँछ। समाचारका प्रस्तुतिमा फरकपन ल्याउनुपर्छ,उनले भने, तथ्य र आधारहीन, एकपक्षीय र हावादारी प्रस्तुतिले पत्रकारितामाथि धावा बोलेको छ। यसलाई रोक्न विश्वसनीय र रचनात्मक पत्रकारिताको खाँचो छ। अबको पत्रकारिताको धार यसतर्फ केन्द्रित हुनै पर्छ।

प्रेस काउन्सिलले तीन महिना यता रचनात्मक र समाधानमुखी पत्रकारितालाई सबै समाचार कक्षमा लागू गराउन विशेष अभियान थालेको छ।

मिडियाको दुरुपयोग गर्दै आधारहीन, अश्लील र एकपक्षीय सामाग्री प्रकाशन गर्ने युट्युबसहित विभिन्न माध्यममाथि कडा निगरानी गर्दै आएको छ ।

काउन्सिलले युट्युब व्यवस्थापन सम्बन्धी बेग्लै कार्यविधि बनाई नियमन गर्दै आएको छ। दशैं अघि मात्रै काउन्सिलले ४३ वटा युट्युबलाई कारबाही गरेको थियो।

कुशल अधिवक्ता समेत रहेका अध्यक्ष बस्नेत नेतृत्वको काउन्सिलले थालेको यो काम दक्षिण एसियामै पहिलो उदाहरण हो।

प्रकाशित: १५ कार्तिक २०८१ १९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App