१८ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल-भारत सीमामा विद्यार्थीको पदयात्रा

पदयात्रा क्रममा विद्यार्थी ।

इलामका विद्यार्थीले पूर्वी नेपालको भारतसँग जोडिएका क्षेत्रमा सीमा रक्षाका लागि खबरदारी गरेका छन्। उनीहरूले इलाम र भारत जोडिएको करिब ५० किलोमिटरमा पैदल यात्रा गरी सीमा अवलोकन र खबरदारी गरेका हुन्।

यो क्षेत्रको दशगजामा बेला–बेला भारतीय पक्षले अतिक्रमण गरी संरचना बनाउने गरेको छ। यहाँका कतिपय ठाउँमा भारतीय पक्षले अहिले पक्की संरचना नै निर्माण गरेको छ। तर, बेलाबेला विद्यार्थीले गर्ने गरेको दबाब कार्यक्रम भारतीय पक्ष पछि हट्ने गरेको देखिएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटीको अगुवाइमा आयोजित सीमा क्षेत्र पदयात्रामा २७ विद्यार्थी सहभागी भए। कात्तिक १२ देखि १४ सम्म उनीहरूले स्थानीयसँग जानकारसँग सीमासम्बन्धी अन्तरक्रिया गरेको अनेरास्ववियु जिल्ला अध्यक्ष सचिनजंग रायमाझीले बताए।

उनीहरूले भारतीय सीमा सुरक्षा बल (एसएसबी), सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतसँग  पनि सीमा क्षेत्र र त्यसको अवस्थाबारे छलफल गरेका छन्। देशको भौगोलिक क्षेत्र रक्षा र सीमा बचाउन आफूहरूले दबाबमूलक अवलोकन र पदयात्रा गरेको अध्यक्ष उपाध्यक्ष सुशान्त चापागाईंले बताए।

आफूहरूले रोङ गाउँपालिकाको पाटापुरदेखि समालबुङ, छब्बिसे, पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, मेघमा, जौबारीलगायत क्षेत्रमा पदयात्रा गरेको उनको भनाइ छ।

केही वर्षअघि भारतले भारतीय पक्षले सीमा मिच्दा विद्यार्थीले सन्दकपुर क्षेत्रमा नाराबाजी गरेका थिए। 

प्रकाशित: १५ कार्तिक २०८१ १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App