१५ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

बर्दियाबाट भरूवा बन्दुक सहित तीन पक्राउ

.

क्याप्शन

बर्दियाको मधुबन नगरपालिका-३ स्थित कोठिया सामुदायिक जंगलबाट एक थान भरुवा बन्दुक सहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा राजापुर नगरपालिका-१० नर्सरी बस्ने ६३ वर्षीय चन्द्र बहादुर भण्डारी, पहाडीपुरका ३८ वर्षीय शुकुमराज चौधरी र कर्मनीका ५६ वर्षीय श्याम कुमार गौतम रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले टोलीले उनीहरूलाई उक्त बन्दुक, कार्टिज एक थान, टर्च एक र एउटा सादा मोबाइल सहित फेला पारेको हो।

तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए।  

प्रकाशित: १२ कार्तिक २०८१ १४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App