३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

प्राधिकरणले गर्‍यो थाई एयर एसियालाई कारबाही

थाई एयर एसियालाई नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गरेको छ। आइतबार अनुमति बिना बैंककबाट काठमाडौ आएको थाई एयर एसियालाई प्राधिकरणले कारबाही गरेको हो।

थाई एयर एसियाले आइतबार बैंकक–काठमाडौं तालिका बिना नै उडान गरेपछि प्राधिकरणले कारबाही गरेको जनाएको छ।प्राधिकरणका अनुसार अक्टोबर २६ मा समर उडान तालिका सकिएको थाइ एयर एसियाको आइतबारबाट विन्टर उडान तालिका सुरु भए पनि आइबार उडान थिएन।

थाई एयर एसियाले आइतबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भनेकोमा उडान अनुमति नै नलिई काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो।सोही क्रममा प्राधिकरणले जहाजलाई करिब आधा घण्टा होल्ड गर्न लगाएको छ।विमान करिब एक घण्टा आकाशमै ‘होल्ड’ भए पछि मानवीय संवेदनशीलतालाई हेर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो।

गत असोज १६ गतेबाट बैंंकक–काठमाडौं व्यावसायिक उडान थालेको थाई एयर एसिया जहाजलाई यात्रुको सुरक्षालाई ध्यान दिँदै प्राधिकरणले आधा घण्टापछि भने जहाज अवतरणको अनुमति दिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक जगन्नाथ निरौलाले विमानको उडान अनुमति हिजो (शनिबार) नै सकिएको जानकारी दिए।

निरौलाले भने, ‘जहाज उडानको लागि समर र विन्टर सिजनको अनुमति लिनुपर्छ।समरको अनुमति हिजो शनिबार सकियो।आइतबारदेखि विन्टर सुरु भयो।विन्टरको लागि यो जहाजले उडान अनुमति लिएको थिएन तर थाई एयरको नेपाल प्रतिनिधिले मिलाउँछु भनेको कारण जहाज नेपाल आएको बताइएको छ।हामीले मानवीय संवेदनशीलताका कारण जहाज अवतरण गर्न दियौं तर उडान गर्न भने अनुमति लिनुपर्ने छ ।’

थाइ एयर एसियाले बैंकक–काठमाडौं साताको चारवटा उडान गर्दै आइरहेको छ।प्राधिकरणका अनुसार आइतबार, सोमबार, बुधबार र शुक्रबार थाइ एयरले उडान भर्दै आइरहेको छ ।

प्रकाशित: १२ कार्तिक २०८१ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App