१० कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

विभेद र कलंकबिरुद्ध नारा अंगाल्दै बायोइथिक्स दिवस मनाइयो

विभेद र कलंकबिरुद्ध नारा अंगाल्दै विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी गर्दै आएको यस वर्षको बायोइथिक्स दिवस शुक्रबार सकिएको छ।मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा ब्याप्त भेदभाव र धब्बाबारे सजग र सचेत गराउने उद्देश्यका साथ कार्यक्रम भएको हो। 

बायो–इथिक्स नेपाल एकाइबाट आयोजित विविध कार्यक्रमहरूमा नेपालका विभिन्न मेडिकल कलेजहरूबाट सहभागिता भएको हो।यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो।

यस वर्ष सम्पन्न वैज्ञानिक लेखमा वि.पि.को.स्वा.वि.प्र.की रिचा कोइराला, फोटोग्राफी प्रतियोगितामा पाटन एकेडेमीकी काजल यादवस कवितामा जानकी मेडिकल कलेजकी उजमा हुस्सेन, आर्ट पोस्टरमा पुपिल डेन्टल कलेजकी सची पोखरेल र छोटो मूभिमा बिराट मेडिकल कलेजकी लक्ष्मी रौनियारको समूह राष्ट्रिय छनौटबाट यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाइएको जनाइयो ।

कार्यक्रमका संयोजक नेपाल एकाइ तथा प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख प्रा।डा। धन रत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्का यस्ता अवसर र कार्यक्रमहरु नियमित र विस्तारित हुँदै जानुपर्ने धारणा राखे।उनले यस वर्षको नाराले समाज र हाम्रो व्यवहारमा ब्याप्त विभेद, हेय र कलङ्क सजगतापूर्वक हटाउँदै मर्यादा र मानव मूल्यको प्रवद्र्धन गर्नको लागि आवश्यक मनन, चिन्तन, मन्थन गर्न र अभ्यासहरू अवलम्बन गर्न घचघच्याएको बिचार राखे। 

विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ। युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ । 

नेपाल एकाइका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा.धन रत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यार्थी संकायका सदस्यद्वय मानश्वी आचार्य र रजनी न्यौपानेले सञ्चालन गरेका हुन्। मूल टिप्पणीमा नेपाल एकाइका प्रमुख प्रा.डा.धन रत्न शाक्यले एकाइ र यस सिद्धान्तबारे परिचयात्मक मन्तव्य राख्दै बायोइथिक्सको यो महत्त्वपूर्ण सिद्धान्त यस वर्षको नाराले हाम्रो जस्तो विभेद र असमान व्यवहार व्याप्त समाजमा विशेष अर्थ राख्ने तथा समाज र राज्यस्तरमै नीतिगत र व्यावहारिक परिवर्तनका लागि आधार हुने धारणा राखे ।

नेपाल एकाइका सदस्य डा.अशोक ऐर्को विविध नीतिगत सिद्धान्त सहित यस वर्षको नाराबारे प्रस्तुति थियो भने विद्यार्थी संकायकी अक्षता बस्तीले यस वर्षको नाराबारे सेमिनार प्रस्तुति राखिन्। कार्यक्रममा निर्णायक मण्डलबाट प्रा.डा.रिता खड्का तथा विद्यार्थी संकायका हेड प्रशान्त सापकोटाको पनि मन्तव्य रहेको थियो .।

प्रकाशित: ९ कार्तिक २०८१ २०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App