९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

चन्दाको रकम हिनामिना गरेको भन्दै नेकपा माहावीरका नेताले गरे सहकर्मीको हत्या

हत्या आरोपमा २ जना पक्राउ

चन्दा संकलन गरेको रकमको हिसाबकिताब नबुझाई हिनामिना गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेको नेकपा माहावीर समूहका नेताहरुले आफनै सहकर्मीको हत्या गरेका छन् ।  

सो समुहका ९-१० जना नेताहरु मिलेर कपिलवस्तुका नगरपालिका वडा नम्बर १० तेनुवाका ४५ वर्षीय परिवर्तन भन्ने जय प्रकाश (दिनेश) यादवको गत कार्तिक २ गते हत्या गरेका थिए । सो समूहको विजयनगर गाउँपालिकाका तथा ईलाका नम्बर १० का ईन्चार्ज समेत थिए । गुप्ताको शव विजयनगर गाउँपालिका २ क खडैचा स्थित चिरईखोलाको भैसीघाटमा सडेगलेको अवस्थामा कार्तिक ४ गते फेला परेको थियो ।  

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक निरंजनदत्त भट्टले  घटनाबारे जानकारी गराएका हुन । हत्या आरोपमा प्रहरीले सोही समूहका सक्रेटरी कमरेड भूमि भन्ने ओखलढुंगा चिशंखुगढी गाउँपालिका वडा नम्बर ५ का सेरेनाका ४७ वर्षीय रमेश श्रेष्ठ र सोही समूहकी महिला विभागकी प्रमुख गीता भन्ने कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ तिनैया की ४६ वर्षीया मनकला थारु पक्राउ परेका छन् । रमेश घटनाको मुख्य योजनाकार रहेको र मनकला हत्यामा प्रयोग भएका हतियार ल्याउने र लुकाउने कार्यमा संलग्न रहेको भट्टले बताए । चन्दा संकलन गरेको रकमको हिसाबकिताब दिन आनकानी गरेको भन्दै उक्त समूहको केन्द्रीय निर्देशन अनुसार नै यादवकोे हत्या गरेको पक्राउ परेका दुवै जनाले प्रहरी समक्ष बयान दिएको प्रहरी उपरिक्षक भट्टले बताए । हत्या भएको २ दिनपछि मात्र शव भेटिएको थियो ।  

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेर महावीर समूह कपिलवस्तुका १० वटै पालिकामा चन्दा संकलनमा लागको छ । प्रहरीले किताब, महावीरको दस्तखत रहेको पत्र, बिस्फोट पदार्थबारे जानकारी रहेको डायरी, महाराजगंज नगरपालिकाको वार्षिक योजना पुस्तिाकासमेत बरामद गरेको छ । 

प्रकाशित: ९ कार्तिक २०८१ १८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App