५ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

बीउ विजन विक्री वितरणमा कडाइका साथ अनुगमन हुन्छ: मन्त्री अधिकारी

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले बीउ बिजन नियमावलीअनुसार बीउ विजन विक्री नगरे कारबाही हुने बताएका छन्।सोमवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन।

उनले  निजी तहबाट बीउ बिजन किनेर ल्याउने गरेको भन्दै कागजात नराखेका ठाउँमा बीउ बिजन नियमावलीअनुसार कारबाही हुने बताए। किसान पनि बीउ बिजनहरू किन्दा सचेत रहनुपर्ने जानकारी दिए।

मन्त्री अधिकारीले बीउ विजन विक्री वितरणमा कडाइका साथ अनुगमन गर्ने बताए। बाढी, पहिरो र डुबानका कारण कृषि तथा पशुपक्षी क्षेत्रमा करिब ६ अर्ब नोक्सानी भएको उनले बताए। विपदबाट  प्रभावित किसानलाई राहत उपलब्ध गराउने विषयमा सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म कामअघि बढाइसकेको जानकारी दिए।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही नीतिगत तथा संस्थागत सुधार र कृषकहरूलाई उपलब्ध गराइने सहुलियत÷सेवा प्रवाहमा सुधार गर्ने प्रयास भएको छ। रासायनिक मलको सहज उपलब्धता, दुग्ध कृषकलाई दिनुपर्ने भुक्तानी, उखु किसानले पाउनुपर्ने प्रोत्साहन अनुदानको निकासा, बाली बिमा कार्यक्रमको प्रभावकारी रुपमा सुचारु तथा कार्यान्वयन लगायतका महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको उनले बताए।

हालसम्मै उच्च मात्रामा रासायनिक मल आपूर्ति गर्न र उखु कृषकलाई समयमै प्रोत्साहन अनुदान उपलब्ध गराउन मन्त्रालय सफल भएको दाबी गरे। अधिकांश दुग्ध कृषकको जेठ मसान्तसम्मको भुक्तानी हुन बाँकी रकम उपलब्ध गराइएको र यस अवधिमा थप १ लाख ३५ हजार किसान सूचीकृत भएको जानकारी दिए । १ लाख ७९ हजार ७ सय पशु वस्तुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको र पशुपक्षीमा लाग्ने सङ्क्रामक रोगविरुद्ध ५० लाख मात्रामा खोप उत्पादन भई वितरण भएको उनले जानकारी दिए।

मन्त्री अधिकारीले वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने घोषणा गरेको र प्रयोगशाला सुविधासहितका १३ वटा एकीकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र सम्बन्धित १३ वटा स्थानीय तहहरूलाई हस्तान्तरण गरिएको बताए। खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर कायम गर्न तथा नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउन खाद्यवस्तुको स्वच्छता तथा गुणस्तर जाँचका यन्त्रहरू जडित मोबाइल भ्यान सञ्चालनमा ल्याइएको बताए। 

प्रकाशित: ५ कार्तिक २०८१ १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App