११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

बार अध्यक्षविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ माग

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ दिन आदेश गरेको छ।

न्यायाधीश द्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले सात दिनभित्र लिखित जवाफ दिन आदेश गरेको हो।

आदेशमा भनिएको छ, 'निवेदकको माग बमोजिमको आदेश जारी हुनुनपर्ने कुनै आधार कारण भए सबुद्ध प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफै वा आफ्नो कानूनबमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु।' 

प्रकाशित: १ कार्तिक २०८१ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App