१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौँमा बढ्यो वायु प्रदूषण

काठमाडौँमा वायु प्रदूषण बढेको छ। एअर क्वालिटी इन्डेक्स मापक अनुसार बायु प्रदूषणमा काठमाडौँ विश्वकै ७ औं नम्बरमा परेको छ।

एअर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीबार मध्यान्ह १२ बजे काठमाडौँ उपत्यकाको वायुको गुणस्तर १६३ रहेको छ।

बिहीबार बिहानैदेखि काठमाडौँको वायुमण्डल धुम्म भएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई अस्वस्थ मान्छ। उक्त अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई खतरनाक मानिन्छ।

प्रकाशित: १ कार्तिक २०८१ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App