३० आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कालिकोटमा आगलागीबाट तीन घर जलेर नष्ट

तिलागुफा नगरपालिका-६ जुविथा गाउँमा  आगलागी हुँदा ३ घर जलेर पूर्णरुपमा नष्ट भएका छन्।

बुधबार दिउँसो ३ बजेतिर विद्युत् चुहावट भएर धनबहादुर शाहीको घरबाट आगलागी सुरु भएको तिलागुफा-६ का वडाध्यक्ष पर्वलाल शाहीले जानकारी दिए।

धनबहादुरका छिमेकी मानबहादुर शाही र मनराज शाहीको घरसमेत जलेका छन्। उक्त घरमा बस्ने १४ परिवार ४० जना विस्थापित भएका वडाध्यक्ष शाहीले बताए।

काठको छाना र एक अर्कोसँग जोडिएका घरहरू रहेकोले आधा घण्टामै ती घरहरू जलेको वडाध्यक्ष शाहीले बताए। स्थानीयको सक्रियतामा आगो निभाइएकोले थप क्षति भने भएको छैन।

जुविथामा आगलागी भएको जानकारीपछि तिलागुफा नगर प्रमुख शंकरप्रसाद उपाध्यायसहित गाल्जे र खल्लागाड प्रहरी चौकीबाट टोली पुगेको छ। मान्मबाट सशस्त्र प्रहरी पनि घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयका कालिकोटले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०८१ १७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App