९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

आजदेखि तीन दिनका लागि मनकामना केबलकार बन्द

मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ। मर्मत सम्भारका लागि भन्दै आजदेखि आगामी कात्तिक १ गतेसम्म मनकामना केबलकार बन्द रहेछ।  

मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि आजदेखि कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ। यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि  केबलकार बन्द थियो। सोमवार एक दिन भने केबलकार सञ्चालन गरिएको छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि  वि।सं। २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो। केबलकारको प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ। 

प्रकाशित: २९ आश्विन २०८१ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App