२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

केही भेगमा आंशिक बदली, एकदुई स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका केही क्षेत्रमा आज बदली र वर्षाको सम्भावना छ। लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य परेको छ।

त्यस्तै कोशी , मधेस र बागमती प्रदेशमा भने आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी , मधेस , वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ।दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

तीनवटै प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको पनि सम्भावना छ।आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

 

 

प्रकाशित: २८ आश्विन २०८१ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App